सरकारले आईटीका ९ प्रकारका पदमा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म
corporatenepal.com · Fri Oct 16 23:43:23 GMT 2026

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका दक्ष जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न नौ प्रकारका पदमा कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको हो ।
सरकारी सूचना प्रणालीको विकास, सुधार, स्तरोन्नति तथा नियमित मर्मतसम्भारलाई प्रभावकारी बनाउने उद्देश्यले केन्द्रले आकर्षक पारिश्रमिकसहित प्राविधिक जनशक्ति माग गरेको छ । सार्वजनिक विज्ञापनअनुसार सबैभन्दा बढी पारिश्रमिक प्रमुख प्रविधि विज्ञ पदका लागि मासिक २ लाख ५० हजार रुपियाँ निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)