दसैँको सातौँ दिन फूलपाती : आजदेखि सरकारी कार्यालय बिदा
himalpress.com · Fri Oct 16 23:48:19 GMT 2026

काठमाडौँ- बडादसैँको अवसरमा शनिबार सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। सरकारी कार्यालयमा दसैँबिदा पनि आजैदेखि सुरु भएको छ। सरकारी कार्यालय अब कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ्न्।
फूलपातीका दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ। मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस, भूतप्रेत भाग्ने विश्वास गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)