४७ लाख बराबरको चाँदीका गरगहनासहित काभ्रेमा दुई जना पक्राउ
ratopati.com · Sat Aug 15 10:48:43 GMT 2026

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट बिल बिजक नभएको करिब ४७ लाख रुपैयाँ बराबरको चाँदीका गरगहना तथा तयारी सामानहरूसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-६ बस्ने ३६ वर्षीय पदमबहादुर विक र उर्लाबारी नगरपालिका-६ बस्ने ४४ वर्षीय खगेन्द्र गजमेर रहेका छन्। अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान को.१ च ८६६२ नम्बरको सुमो जाँच गर्ने क्रममा उक्त परिमाणको सामान फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)