मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

gorkhapatraonline.com · Sat Oct 17 00:05:47 GMT 2026

बुढीगण्डकी बाढीबाट अतिप्रभावित स्थानीय तहहरूलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ लाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकले गत असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोबाट अतिप्रभावित बागलुङका थप दुई वटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानका बाढीपहिरो प्रभावित

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)