मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दुर्घटनामा पैदलयात्रीको मृत्यु

ekantipur.com · Sat Mar 02 01:08:57 GMT 2024

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा गएराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राति ८ बजे विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीस्थित भित्री सडकखण्डमा दुम्किबासबाट देउरालीतर्फ जाँदै गरेको लु १ ख ६३९० नम्बरको बसले २ जना पैदल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा विनयी त्रिवेणी-५ देउराली निवासी ६८ वर्षीय दिलबहादुर रखालको घटनास्थलमै निधन भएको हो । ठक्करबाट स्थानीय ७६ वर्षीय सोमबहादुर लम्का मगर घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)