‘झरिपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ सार्वजनिक
ratopati.com · Sun Nov 16 19:32:00 GMT 2025

काठमाडौँ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘ फसायो लमीले ’ बोलको गीत सार्वजनिक गरिएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् । िअधिकारी र लामाको गीतमा अतिथी भूमिकामा रहेका छन् । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्।
मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्मको छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो। गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)