बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
ratopati.com · Sat Oct 17 00:26:49 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भन्ने शुभेच्छा प्रकट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)