मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जग्गा भाडामा लिएर सयपत्री खेती

nepalnews.com · Sat Oct 17 00:58:53 GMT 2026

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन्।

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन्। चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताए। “अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,” उनले भने“अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)