हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु
gorkhapatraonline.com · Sat May 16 13:06:18 GMT 2026

हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल-हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । अल-हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।
प्यालेष्टिनी सशस्त्र इस्लामिक लडाकू समूह (हमास)ले पनि अल-हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेता र लडाकू कमान्डरलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)