दशैँमा देशभरको मौसम सफा रहने
lokaantar.com

यसपालि दशैँको मुख्य दिन फूलपातीदेखि विजयादशमीसम्म देशभरको मौसम मुख्यतः सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम बदली भई हल्का वर्षा र हिमपातको सम्भावना छ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण दशैँका केही दिन हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)