मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त

kendrabindu.com · Sat Oct 17 01:08:16 GMT 2026

काठमाडौं । सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त भएका छन् । मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त गरिएको हो । भारतीय विदेश मन्त्रालयले उनले छिट्टै कार्यभार सम्हाल्ने बताएको छ ।

दलेला भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव हुन् । दलेलाले यसअघि भुटान, जेनेभा, वासिंटन डीसी, ढाकालगायत स्थानमा सेवा गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)