मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गरोस् : अध्यक्ष दाहाल

nagariknews.nagariknetwork.com · Sat Oct 17 01:14:29 GMT 2026

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी शुभेच्छा प्रकट गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)