मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली फ्रेन्चाइज लिग फुटबलको घोषणाा

kendrabindu.com · Sat Oct 17 01:24:11 GMT 2026

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को घोषणासँगै नेपाली फ्रेन्चाइज लिग फुटबल गर्ने घोषणा गरेको छ । यसअघि तीन संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुँदै आएका सात टिमले नै शुक्रबार आफूहरू मिलेर आयोजना गर्ने नयाँ लिगको घोषणा गरेका हुन् ।

फागुन १ बाट सुरु हुने प्रतियोगितामा सात टिम रहनेछन् । अहिलेसम्म ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी सहभागी थिए । सहभागी संख्यालाई बढाएर दस टिमसम्म पुर्‍याइने योजना रहेको छ । अनि खेलहरू ‘होम एन्ड अवे’ का आधारमा हुनेछन् । प्रतियोगिताका चेयरम्यान रहेका छन्, ललितपुरकै कल्याण गुरुङ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)