आज बडादसैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै
annapurnapost.com · Sat Oct 17 01:12:22 GMT 2026

काठमाडौं : बडादसैंको सातौं दिन आज घरघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै छ। शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका सामग्री (नवपत्रिका) विधिपूर्वक दसैं घरमा भित्र्याउने परम्परा छ।
गोरखा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा भित्र्याउने परम्परा छ। सोही अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरिने छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष फूलपाती भित्र्याउने साइत बिहान ७ बजेर ३७ मिनेटमा छ, भने आजै तुलजा भवानीको जात्रासमेत मनाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)