विपन्न बस्तीमा आश्वासनको बाढी
ekantipur.com · Tue May 10 00:20:17 GMT 2022
सुर्खेत — एकातिर कर्णाली नदी, अर्कोतिर रामाघाट । वर्षायाममा पानी पर्नेबित्तिकै कति बेला बाढी आउँछ, ठेगान हुँदैन । ‘बर्खा लागेपछि कर्णालीले कटान सुरु गर्छ, रामाघाटमा भेल आउँछ, खोला नै घरभित्र पस्छ,’ दैलेखको आठबीसकोट नगरपालिका–६, रामाघाटकी सुकमाया बादी भन्छिन्, ‘कहिले बाढीको डर, कहिले पहिरोको डर । पानी पर्न थालेपछि ओढ्ने, ओछ्याउने बोकेर रोडतिर जान्छौं, कहिले होटलमा बस्छौं, कहिले ओढारतिर ।’
गएको कात्तिक २ मा त्यस्तै बाढी आयो, कर्णालीमा । घरभित्रै पानी पस्यो, बस्ती डुबानमा पर्यो । मध्यराति घरभित्र बाढी पसेपछि भागाभाग मच्चियो । उनीहरूले ज्यान जोगाए तर लत्ताकपडा, अन्नपात केही बाँकी रहेन । ‘आपत् पर्दा एक थान पालसमेत कसैले दिएन, निवेदन दियौं, त्यो पनि त्यत्तिकै भयो,’ उनी भन्छिन्, ‘यहाँ नबसौं भने कहाँ जाने ? बसौं, कुन दिन बगाउने हो, थाहा छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)