सडक मिचिएको ४८ वर्षपछि हेटौंडामा बल्ल चल्यो डोजर
rajdhanidaily.com · Sat Dec 06 23:19:43 GMT 2025

मकवानपुर । ४८ वर्षदेखि राजनीतिक एजेन्डा बन्दै आएको हेटौंडाको सडक विस्तार मुद्दा अन्ततः शनिबारबाट सकिएको छ । शनिबार एकै दिन डिभिजन सडक कार्यालय हेटौंडाले सडक सीमाभित्र रहेको भनेर नक्सांकन र रेखांकन गरी चिना लगाइएको क्षेत्रभित्रको संरचना भत्काएको छ । जसमा २ वटा बैंकसहित ३ वटा सरकारी संरचना समेत छन् ।
शनिबार अबेरसम्म पनि भत्काउन नभ्याइएको संरचनाहरू आइतबार बिहानैबाट भत्काइने प्रशासनले जनाएको छ । २०३४ सालदेखि सडक विस्तार गर्नको लागि सरकारी निकायले सूचना प्रकाशन गर्ने, राजनीतिकर्मीहरूले रोक्नको लागि संघर्ष गर्ने क्रम चलिरह्यो । घरधनीले अदालतको सहायता मागेपछि अदालतको आदेशकै कारण सडक विस्तार कार्य रोकिँदै आएको थियो । नेता जिताउने हराउनेसम्मको ‘लिड’ गर्दै आएको हेटौंडाको सडक साँघुरोमात्रै रहेन, सडक सीमाक्षेत्रमा पर्ने भनिएका घर जग्गा बैंकिङ कारोबारका लागि अस्वीकृत रहिरहे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)