एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर पि२पि) सेवाको सुरुवात
ajakoartha.com · Tue Jun 09 08:10:00 GMT 2026

काठमाडौं- एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल एद्दए रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ । पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)