मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली सरकार ढलेपछि चल्यो एमालेका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

barnanmedia.com · Fri Oct 10 21:35:43 GMT 2025

सहकारीका बचतकर्ताको अर्बाै रकम ठगी गरेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध गत वर्ष जेठमै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बागलुङमा पेस पनि गरिसकेको थियो । तर, गत वर्ष असारमा सरकार ढल्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै प्रतिवेदन एक वर्ष थन्कियो। बागलुङ र पोखरामा सहकारी ठगी गरेर भारत पसेका नेपालीविरुद्ध यसअघि सहकारी ठगीको मात्र मुद्दा थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउदा मेयर पदबाट पनि निलम्बनमा पर्ने अनि दोषी ठहर भएमा सक्रिय राजनीति पनि गर्न नपाउने भएपछि उनको मुद्दा एक वर्ष होल्ड गरियो। किनकी नेपाली एमालेबाट निर्वाचित मेयर हुन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)