सचिव राउत विमान चढेपछि आदेश आयो – ‘पक्राउ गर्नु’
ratopati.com · Mon Jul 10 06:39:00 GMT 2023
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखिएको छ । आइतबार राति त्यहीँ राखेर ‘साँघुरो’ भएमा सोमबार अन्यत्र सार्ने गरी छलफल भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सञ्चार मन्त्रालयबाट ‘बुवा बिरामी हुनुहुन्छ’ भनेर सञ्चार मन्त्री रेखा शर्मासँग बिदा लिएर हिँडेका सचिव विमानस्थलबाट पक्राउ परेका हुन् । काठमाडौँ छाड्न लागेको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । सीआईबीको टोली पुग्दा ‘बोर्डिङ’ भैसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)