मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय एकता र सद्भाव बलियो बनाउन दसैंले प्रेरणा दिन्छ : अध्यक्ष दाहाल

onlinekhabar.com · Sat Oct 17 01:36:19 GMT 2026

३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)