मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको भावी सभापतिमा पूर्णबहादुर खड्काको नाममा सहमति गर

barnanmedia.com · Fri Oct 10 21:37:32 GMT 2025

जेनजी आन्दोलनले नेपालको राजनीतिक संरचनालाई भूकम्पजस्तै हल्लाइदिएको छ । यस आन्दोलनले केवल सरकारलाई मात्र होइन, दशकौँदेखि देशको राजनीतिमा प्रभुत्व जमाएका पुराना दलहरूलाई पनि असान्दर्भिक सावित गरिदियो । २०७९ सालमा प्राप्त पाँच वर्षको जनादेश जनताले सडकमा उत्रिएर खारेज गरिदिए । राजनीतिक दलहरूप्रति जनताको विश्वास हल्लिएको छ, रास्वपाजस्ता नवोदित शक्तिहरू र लोकप्रिय ठानिएका स्वतन्त्र नेतृत्वसमेत अहिले रक्षात्मक अवस्थामा छन् ।

नेपालका प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी र राप्रपा युवाहरूका नजरमा भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद र विभेदका प्रतीक बनेका छन् । ती दलका कार्यालयहरूमा तोडफोड र आगजनी हुनु केवल क्षणिक आक्रोश होइन, यो लामो समयदेखि चलेको राजनीतिक सिन्डिकेटप्रतिको गहिरो असन्तोषको अभिव्यक्ति हो । यसलाई केवल घुसपैठको परिणाम भनेर पन्छिन खोज्नु पुराना दलहरूको आत्मालोचनाबाट पलायन मात्र हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)