मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारको सह्राहनीय सक्रियता: एकपछि अर्को ठूला माछा फन्दामा, सम्पत्ति छानबिनको योजना पनि सार्वजनिक गर

barnanmedia.com · Fri Oct 10 21:40:07 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दसैँपछि अड्डा खुल्नासाथ दुई ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको छ । पहिलो दिन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारका दुई मन्त्री जोडिएको पोखराको लिचीबारी प्रकरणमा मुद्दा चलायो । त्यसमा ७८ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष अख्तयारले निकालेको छ । मालपोत र नापीका चर्चित भ्रष्ट कर्मचारी र विभिन्न दलको खोल ओढेर गिरोहको काम गर्नेहरुलाई पनि अख्तियारले कठघरामा उभ्याएको छ ।

दोस्रो दिन अख्तियारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा संगीता भण्डारीउपर १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । संगीता पञ्चायतकालदेखिका सदावहार मन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन् । उनले एमआरआई खरिदमा भ्रष्टाचार गरेको पाइएपछि मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)