ताप्लेजुङमा तीन महिनामै एक करोडभन्दा बढीको खाद्यान्न बिक्री
gorkhapatraonline.com · Sat Oct 17 01:47:09 GMT 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङ शाखाले चालु आर्थिक वर्षको तीन महिनामै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न बिक्री भएको हो।
गत आर्थिक वर्ष २०८२/०८३ मा एक करोड छ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमा मात्रै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार यस अवधिमा एक हजार १८२ क्विन्टलभन्दा बढी खाद्यान्न बिक्री भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)