दसैँको अर्थतन्त्र
gorkhapatraonline.com · Sat Oct 17 01:45:46 GMT 2026

नेपाली समाजमा दसैँ केवल एक सामान्य चाडपर्व मात्र होइन; यो सामाजिक गतिशीलता, पारिवारिक पुनर्मिलन, सांस्कृतिक उल्लास र सामूहिक मिलनको अवसर पनि हो तर समयक्रमसँगै यस पर्वको आर्थिक, सामाजिक र मनोवैज्ञानिक स्वरूपमा ठुलो फेरबदल आएको छ । पछिल्ला केही दशकयता नेपाली समाजको अर्थतन्त्र आन्तरिक उत्पादन र श्रम संस्कृतिभन्दा पनि मुख्यतः वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण अर्थात् रेमिट्यान्समा पूर्ण रूपमा आश्रित हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा विप्रेषण आप्रवाह निरन्तर उकालो लाग्दै आएको छ ।
गत आर्थिक वर्षमा मात्रै कुल २३ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो भने चालु आवको सुरुवाती महिनामा पनि यो क्रम तीव्र रूपमा बढेको छ । यो विशाल पुँजी प्रवाहले एकातिर नेपाली परिवारलाई तात्कालिक आर्थिक राहत दिएको छ भने अर्कातिर चाडपर्वलाई देखावटी उपभोग, आयातित वस्तुको अनियन्त्रित बाढी र तडकभडकपूर्ण संस्कृतितर्फ धकेलेको देखिन्छ । अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा चाडपर्वका समयमा बजारमा देखिने खरिदबिक्रीको यो उच्च वृद्धिलाई मौसमी तथा कृत्रिम बजार चलायमानताका रूपमा लिने गरिन्छ । यसले दिगो आर्थिक सुदृढीकरण गर्नुको सट्टा बजारमा मूल्यवृद्धि बढाउने र परनिर्भरतालाई मात्र गहिरो बनाउने काम गरिरहेको छ । यही विन्दुमा उभिएर पूर्वीय अर्थदर्शन र आधुनिक अर्थतन्त्रको अन्तरसम्बन्धलाई गहिरो प्राज्ञिक तथा दार्शनिक समीक्षा गर्नु अनिवार्य भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)