मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दसैंअघिको सेयर बजार लगानीकर्ता खुसी

annapurnapost.com · Sat Oct 17 01:49:56 GMT 2026

काठमाडौं : यसपालि त्रैमासको अन्तिम (असोज महिनाको अन्तिम) र वडा दसैं नजिकिएको सातामा सेयर बजारले लगानीकर्तालाई खुसी बनाएको छ। अघिल्ला त्रैमासहरूको अन्तिममा सेयर बजार घट्ने गरेको थियो। त्यस्तै चाडवाड आएसँगै सेयर बिक्रीको चापले मूल्यमा दबाब पर्ने गरेको थियो। यसपालि भने सेयर बजार बढेको छ, कारोबारमा वृद्धि र कुल बजार पुँजीकरणमा बढोत्तरी भएको छ।

असोजको अन्तिम सातामा पाँच दिन कारोबार भएकोमा नेप्से पाँचैदिन बढ्यो। अघिल्लो साता भने पाँच दिन कारोबार भएकोमा नेप्से तीन दिन बढेर दुई दिन घटेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)