प्रधानमन्त्री कार्यालयद्वारा प्राविधिक विज्ञहरूको दरखास्त आह्वान, एकै दिन सयौंको आवेदन
ajakoartha.com · Sat Oct 17 02:00:00 GMT 2026

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न सरकारी निकायमा सफ्टवेयर प्रणालीको निर्माण, स्तरोन्नति र सुरक्षा व्यवस्थापनका लागि उच्च पारिश्रमिक सुविधासहितका विज्ञहरूको ठूलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ।
सरकारी निकायहरूमा प्रविधिको विकास र सञ्चालनलाई आधुनिक एवं सुरक्षित बनाउने उद्देश्यले असोज २९ गते प्रकाशित सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट कात्तिक १८ गतेभित्र अनलाइनमार्फत आवेदन माग गरिएपछि एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)