मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री शिशिर खनाल

nepalsamaya.com · Sat Oct 17 02:14:36 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप) मा नेपालले पर्वतीय क्षेत्रका समस्या र हिमनदी पग्लिने जोखिमलाई प्रमुख एजेन्डाका रूपमा सशक्त ढङ्गले उठाउने बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले अस्ट्रेलिया, तुभालु र फिजीद्वारा आयोजित ‘प्यासिफिक प्री–कोप’ मा सहभागिता जनाउँदै जलवायु परिवर्तनका कारण टापु राष्ट्रहरू मात्र नभई नेपालजस्ता हिमाली मुलुकहरू पनि उत्तिकै जोखिमको अग्रपंक्तिमा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरिएको जानकारी दिए। यसअघि समुद्री सतह वृद्धि (सी–लेभल राइज) को विषय मात्र प्राथमिकतामा पर्ने गरेकोमा यस पटक प्री–कोपको अन्तिम घोषणापत्रमै हिमनदी पग्लिने (ग्लेसियर एन्ड आइस मेल्ट्स) मुद्दालाई औपचारिक रूपमा समावेश गराउन नेपाल सफल भएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)