मनसुनजन्य विपद्बाट बेनीमा २४२ निजी आवासमा क्षति
nepalnews.com · Sat Oct 17 02:32:12 GMT 2026

म्याग्दी। यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ।
बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ। दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने भएको छ। सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ। त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। साथै, ३३ वटा गोठमा क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)