चुनावसम्मै संसद अधिवेशन चलाउन चाहन्छ माओवादी केन्द्र
onlinekhabar.com · Tue Aug 02 00:54:49 GMT 2022
१५ साउन, काठमाडौं । यो साताभित्र प्रदेश र प्रतिसनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी छ । सम्भवतः ४ मंसिर २०७९ मा चुनाव घोषणा हुनेछ ।
चुनाव घोषणापछि प्रतिनिधिसभा के हुन्छ भन्ने प्रश्नमा भने फरक-फरक मत आइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको एक भेटमा प्रतिनिधिसभाको कार्यकालबारे कुराकानी भएको थियो । ‘प्रधानमन्त्रीज्यूले छलफल गर्दै जाऔं भन्नुभएको छ’ उनले भने ‘समग्र बुझाई नोमिनेसनको दिनसम्म सांसदको कार्यकाल रहन्छ भन्ने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)