मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सञ्चालन

lokaantar.com

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबारदेखि ३० बेड क्षमताको उच्च निर्भरता एकाइ एचडीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको औपचारिक शुभारम्भ गर्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरे ।

सेवा सञ्चालनको पहिलो दिन ५ जना बिरामीलाई उपचार सेवा प्रदान गरेर यसको शुरूआत गरिएको छ। हाल आंशिक रूपमा शुरू गरिएको एचडीयू सेवा दशैँपछि पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याइने मेसु डा. गौतमले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)