मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाभियोग प्रक्रियाको ढिलाइप्रति आपत्ति

annapurnapost.com · Mon Aug 08 00:38:00 GMT 2022

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको लागेको महाभियोग प्रस्तावमाथि साढे ५ महिनापछि संसद्मा छलफल भएको छ। गत फागुन १ गते सत्तारुढ दलका सांसदहरूले जबराविरुद्ध संसद्मा महाभियोग दर्ता गराएका थिए। त्यससँगै जबरा निलम्बनमा छन्।

आइतबार संसद्मा भएको छलफलमा महाभियोगका प्रस्तावक सत्तारुढ दल र विपक्षी नेकपा एमाले सांसदबीच मतैक्यता हुन सकेन। एमाले सांसदहरूले महाभियोग प्रस्ताव ढिलो गरी छलफलमा ल्याएकामा असन्तुष्टि जनाउँदै सत्तारुढ दल र सभामुख सापकोटाको आलोचना गरेका थिए। महाभियोग टुंग्याउन हो कि अल्मल्याउन ल्याएको भन्दै विपक्षी सांसदहरूले प्रश्न गरे। महाभियोग प्रस्ताव दर्ता गरेका सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका सांसदहरूले पारित गर्न सुझाए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)