नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन
barnanmedia.com · Fri Oct 10 22:49:08 GMT 2025

जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल-भारत सीमाको विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार अनुगमन टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २ नम्बर गेट, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मको सीमा क्षेत्र अवलोकन गरेको हो ।
उनले सीमा स्तम्भहरूको अवस्था, नाकामा हुने तस्करी तथा आपराधिक गतिविधिका सम्भावना र सुरक्षाकर्मीहरूको परिचालन अवस्थाबारे स्थलगत जानकारी लिइएको बताए । यसक्रममा, माडर वसपार्क क्षेत्रमा भइरहेका अनैतिक गतिविधि रोक्नका लागि आवश्यक कदम चालिने र मट्टीमोड क्षेत्रमा भएको दशगजा अतिक्रमण सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई भनिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)