एमालेको समर्थन फिर्ता सङ्कटमा मधेश सरकार
gorkhapatraonline.com · Sat Oct 17 03:01:53 GMT 2026

मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार सङ्कटमा परेको छ । नेकपा (एमाले) ले शुव्रmबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।
नेकपा (एमाले) का मन्त्रीहरूले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवद्वारा हस्ताक्षरित मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई बुझाएका छन् । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री लखनदास तत्माको नेतृत्वमा मन्त्रीहरू मधेश प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)