मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेशपछि सरकारले गर्‍यो ६११ जनालाई विभिन्न पदमा नियुक्ति

kendrabindu.com · Sat Oct 17 03:00:55 GMT 2026

काठमाडौं । सरकारले अहिलेसम्म विभिन्न पदमा ६११ जनाको नियुक्ति भएका छन्। आज पत्रकार सम्मेलन गरेर सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी गराएको हो।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘जसमध्ये विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात् नेपाल सरकारका सम्बद्ध मन्त्रालयहरू र ती अन्तर्गतका स्वायत्त निकाय, बोर्ड, काउन्सिल, संस्थान, आयोग तथा विश्वविद्यालयलगायतका ८० वटा निकायमा ४१९ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट १४ जना र विश्वविद्यालय, आयोग, प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)