धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?
khabarhub.com · Sat Oct 17 03:00:31 GMT 2026

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व राख्दछ। यस दिनको मुख्य आकर्षण फूलपाती भित्र्याउने परम्परा हो । जसले दशैँको पूजा-उत्सवको औपचारिक सुरुवातको संकेत गर्दछ। फूलपातीमा प्रायः धान, जौको जमरा, र विभिन्न पवित्र पात राखिन्छन्।
काठमाडौंमा विशेष रूपमा गोरखाबाट फूलपाती ल्याइन्छ र हनुमानढोकामा चढाइन्छ। यसरी फूलपाती ल्याउने क्रममा पुरोहितले धार्मिक मन्त्रपाठ, पूजा विधि र परम्परागत रीति-रिवाजको पालना गर्दछन्। घर-घरमा पनि फूलपातीलाई स्वागत गरी टीका र जमराको साथ देवी दुर्गाको आशीर्वाद प्राप्त गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)