कोरोना ‘हटस्पट’ बन्दै लुम्बिनी
annapurnapost.com · Wed Apr 21 06:10:00 GMT 2021
बुटवल /नेपालगन्ज : लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन्। यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन्। पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ छ।
यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए। तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन्। दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए। बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)