धर्म संस्कार मण्डित विजया दसैँ
gorkhapatraonline.com · Sat Oct 17 03:36:13 GMT 2026

हिन्दकुश पर्वत शृङ्खलामा समेटिएर उनिएको हाम्रो मातृभूमि नेपाल ‘सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली । सार्वभौम भई फैलिएका, मेची महाकाली ।’ राष्ट्रगानका प्रथम चरण । विजया दसैँका अवसरमा रम रम रमाइरहेका हामी मन्त्रमुग्ध नेपाली ‘जय दुर्गे भवानी’ भन्छौँ । महिषासुर भगवती मातामाथि आक्रान्त भई अतिक्रमणमा मगनमस्त दैत्य । महिष+असुर= महिषासुर मर्दिनीमाँ । ‘जाई कटक नगर्नु, झिकी कटक गर्ने’ युद्ध दाउपेच नीतिका जननी दुर्गे भवानी माता । बर्सेनि आराधना गर्छौं हामी । मानौँ पुनर्ताजगी दुर्गा कवच हाम्रो यो । बर्सेनिका विजया दसैँ महिमा हाम्रो । जय दुर्गे दुर्ग निवासिनी भवानी माता । बर्सेनि मनाइने चाडसित लेसिएका अन्तररहस्यका मर्मस्पर्शी संस्कृति हाम्रै ! ! !
बाल्यकालका रौनक रमझम उन्मत्त रत्नावली ! एकजोर नयाँ लुगा । जुत्ता, मोजा, टोपी । चेली–दिदी, बैनीहरूका लागि चुरा, पटुका, टीका सरजाम । नामैले विजया दसैँ । घरआँगन, टोल, छिमेक मिलिजुली पिङ मच्चाउँदै रमाउने रमझम । केटाहरू सहवयस्कहरू समूह समूहमा हाडे ओखरहरू आठ/१० वटा मिलाई जमिनमा खोपिल्टो खनी पालैपालो ओखर खोपिल्टोमा पर्ने गरी ध्वापल्याक्क फाल्ने । खोपिल्टोमा परे जति आफ्नै हुने । बाहिरका मध्ये कुनै एकमा सहभागीले भनेकामा हान्ने, नपरीकन अर्कैमा परे दण्ड तिर्नैपर्ने ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)