मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु

kendrabindu.com · Sat Oct 17 03:48:16 GMT 2026

काठमाडौं । काभ्रेमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ । उनका बुबा र आमा घाइते भएका छन् । बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा आज बिहान साढे ५ बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ जिल्ला ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)