बजेट कटौतीमा ईयूभित्रै मतभेद, १४१ अर्ब युरो घटाउने प्रस्ताव विवादमा
aarthiknews.com

ब्रसेल्स । युरोपेली संघ (ईयू) को सन् २०२८ देखि २०३४ सम्मको दीर्घकालीन बजेटमा सदस्य राष्ट्रहरूबीच मतभेद देखिएको छ। युरोपेली आयोगले प्रस्ताव गरेको करिब दुई ट्रिलियन युरोको बजेटबाट १४१ अर्ब युरो कटौती गर्ने प्रस्ताव आएपछि संघभित्रै विवाद बढेको हो। बढ्दो सुरक्षा खर्च, ऊर्जा संकट र सदस्य राष्ट्रहरूका फरक प्राथमिकताले साझा बजेटमा सहमति जुटाउन कठिन बनाएको छ।
ब्रसेल्समा सम्पन्न दुईदिने शिखर सम्मेलनमा दीर्घकालीन बजेट, युक्रेनको सुरक्षा आवश्यकता, अमेरिकासँगको मतभेद र बढ्दो ऊर्जा लागतबारे छलफल भए पनि बजेटको आकार र खर्चको प्राथमिकतामा ठोस सहमति जुट्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)