तराई-मधेशमा किन भित्र्याइँदैन पहाडमा जस्तो फूलपाती ?
kalakarmi.com · Sat Oct 17 04:09:00 GMT 2026

काठमाडौं- काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई-मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए ।
पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना गरिएको ठाउँमा जमरा उमार्ने, पूजा गर्ने र सामूहिक रूपमा पर्व मनाउने परम्परा रहेको राकेशले बताए । ‘पहाडमा जस्तो गोर्खा वा अन्य ठाउँबाट फूलपाती ल्याएर भित्र्याउने प्रचलन तराई–मधेशमा छैन । त्यहाँ आफ्नो घरमा वा देवीको प्रतिमा स्थापना गरिएको स्थानमा जमरा उमार्ने चलन छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)