मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ सत्य र न्यायको विजयको प्रतीकः प्रमुख देवकोटा

gorkhapatraonline.com · Sat Oct 17 04:12:48 GMT 2026

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बडादसैँले सत्य, सदाचार, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने बताउनुभएको छ । बडादसैँ, २०८३ को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले दसैँले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको सन्देश दिने उल्लेख गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले दसैँले नेपाली समाजमा विविधताबिचको एकता, मेलमिलाप र राष्ट्रिय गौरवलाई थप सुदृढ बनाउँदै सभ्य तथा सुसंस्कृत समाज निर्माणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस वर्ष दसैँ मनाइरहँदा देश प्राकृतिक विपत्तिको सामना गरिरहेको उल्लेख गर्दै उहाँले विशेषगरी बागमती प्रदेश विपत्तिबाट प्रभावित भएको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)