ह्वाइट हाउसकी प्रेस सचिव जकारियाले पाँच दिनमै किन छोडिन् पद ?
kendrabindu.com · Sat Oct 17 04:17:50 GMT 2026

काठमाडौं । अमेरिकी सञ्चारमाध्यमहरूले ह्वाइट हाउसकी प्रेस सचिव केटी जाकारियाले नियुक्त भएको पाँच दिनमा नै पद छाड्न लागेको खबर सार्वजनिक गरेका छन् । द न्युयोर्क टाइम्सलगायत सञ्चारमाध्यमका अनुसार, नोभेम्बरमा हुने मध्यावधी निर्वाचन नजिकिँदै गर्दा उनको बहिर्गमनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई प्रमुख प्रवक्ताविहीन बनाउने बताइएको छ ।
क्यारोलिन लिभिटको स्थानमा जिम्मेवारी सम्हालेकी जाचारिया पदमा नियुक्त भएको पाँच दिनमै बाहिरिन लागेकी हुन् । मंगलबार आयोजित ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा उनले पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिएकी थिइन् । उक्त पत्रकार सम्मेलन १४ मिनेटभन्दा कम समयमै सकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)