चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
ratopati.com · Tue Jun 09 08:29:20 GMT 2026

चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ। बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताए । “यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ”, उनले भने, “केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो। यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम