प्रम कार्यालयमै अढाइ लाख तलब
nagariknews.nagariknetwork.com · Sat Oct 17 04:36:56 GMT 2026

मन्त्रिपरिष्द् तथा प्रधानमन्त्री कार्यालय मातहतकै एक निकायले मासिक दुई लाख ५० हजार रुपैयाँसम्म तलब दिने गरी आइटी विज्ञका रूपमा ४२ जना कर्मचारी मागेको छ। उक्त पदका लागि शुक्रबार एक दिनमै पाँच सयभन्दा बढीले आवेदन दिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जनाएको छ।
केन्द्रले बिहीबार मात्र विज्ञापन खुलाएको हो। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर बनाउने गरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले गत भदौमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र गठन गरेको थियो। उक्त कार्यालयले ४२ जना आइटी विज्ञ माग गर्दै विज्ञापन खुलाएको हो। काठमाडौंको मीनभवनस्थित सडक बोर्ड भवनमा उक्त केन्द्रको कार्यालय राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)