दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित
ratopati.com · Sat Aug 15 15:47:21 GMT 2026

काठमाडौँ । दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान) को अध्यक्षमा कृष्ण गहतराज (कृष्णबहादुर सुनार) सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाडौँमा शनिबार सम्पन्न संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता चिजामाया विश्वकर्मा, महासचिवमा बीरमान विक र कोषाध्यक्षमा सीमा नेपाली चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)