उद्योगीहरूको एक स्वर– विद्युत् महसुल नतिरेको भनेर हाम्रो गलत प्रचार गर्यो
baahrakhari.com · Mon Dec 25 17:16:00 GMT 2023
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्युत् बक्यौतामा देखिएको विवादलाई मध्यमार्गी बाटोबाट सुल्झाउन आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले उद्योगीले महसुल नतिरेको भन्ने भाष्य बनाउन नहुने बताए ।
"प्राधिकरणले समाधनको प्रयास नगरी लाइन काटियो । यो २०७२–२०७५ सम्मको विवाद हो । अरू हामीले नियमित महसुल तिरेका छौँ," उनले भने, "उद्योगीले महसुल नै तिरेका छैनन् भन्ने भाष्य प्राधिकरण जनमानसमा प्रचार गरेको छ । हामीले नियमित महसुल तिरेका छौँ । विवादित महसुल मात्र हामीले नतिरेको हो ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)