माघ ५ गते जनकपुरबाट परिवर्तनको उद्घोष हुनेछ : मनिष झा
shilapatra.com · Thu Jan 15 15:16:17 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले ५ माघमा जनकपुरबाट परिवर्तनको उद्घोष बताएका छन् । पार्टी कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग बोल्दै उनले पहिलोपटक पार्टी सभापति र वरिष्ठ नेता बालेन शाह एउटै मञ्चमा उपस्थित हुने उनले बताए ।
पार्टीले मधेशकेन्द्रित अभियान थाल्ने तयारी गरेको झाको भनाइ छ । 'माघ ५ गते जनकपुरबाट हाम्रो विशेष अभियानको थालनी हुनेछ,' उनले भने, 'भावी प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेबाट एउटै मञ्चमा पहिलोपटक जनतालाई सम्बोधन हुनेछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)