ओलीका कारण एमालेमा किन बढ्दैछ निराशा ?
kendrabindu.com · Sat Oct 17 05:10:32 GMT 2026

काठमाडाैं । नेकपा एमाले यतिबेला संगठनात्मक रूपमा बलियो भए पनि नेतृत्व, पुस्तान्तरण र जनविश्वासका सवालमा विभिन्न चुनौतीको सामना गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निरन्तरताप्रतिको अडान, युवा पुस्तालाई नेतृत्वमा अघि बढाउने विषयमा देखिएको अनिच्छा र पछिल्ला सार्वजनिक अभिव्यक्तिलाई लिएर उठेका प्रश्नले पार्टीभित्र असन्तुष्टि बढेको विश्लेषण भइरहेको छ । त्यसैले धेरै नेताहरु अब सार्वजनिक रुपमा बोल्न र विभिन्न बाहना देखाएर पार्टीको औपचारिक वैठकमा सहभागी हुन छाडेका छन् ।
विशेषगरी जेनजी आन्दोलनपछि राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व र नेतृत्व परिवर्तनको माग बलियो बन्दै गएको अवस्थामा एमालेको परम्परागत नेतृत्व शैलीमाथि प्रश्न उठिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)