फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल
khabarhub.com · Sat Oct 17 05:16:24 GMT 2026

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ । फूलपातीका लागि आवश्यक पूजासामग्री खरिद गर्न असन, इन्द्रचोक र मारु गणेश क्षेत्रमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ ।
फूलपातीका लागि आवश्यक फूल, पाती, उखु, अदुवाको बोट, केराको बोटलगायत सामग्री खरिद गर्न उपभोक्ता बजारमा पुगेका छन् । दसैँको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार घरमा फूलपाती भित्र्याउने तयारी भइरहेकाले बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)