मस्तिष्कको शल्यक्रियापछि काममा फर्किएकी दीपाश्री भन्छिन्– ‘छ माया छपक्कै २’ दर्शकलाई मन पर्ने फिल्म बनेको छ’
kalakarmi.com · Sat Oct 17 05:23:38 GMT 2026

काठमाडौं– अभिनेत्री तथा निर्मात्री दीपाश्री निरौला पछिल्लो समय आफ्नो स्वास्थ्यसँगै बडादशैँको फुलपातीदेखि प्रदर्शनमा आएको आफ्नो नयाँ फिल्म ‘छ माया छपक्कै २’ को प्रचार–प्रसारमा पनि सक्रिय छिन् । केही महिनाअघि मस्तिष्कको शल्यक्रिया गराएकी दीपाश्रीले २७ पटकको रेडिएसन थेरापीसमेत पूरा गरिसकेकी छिन् । चिकित्सकको सल्लाहअनुसार आराम गर्दै स्वास्थ्यमा सुधार आएपछि उनी पुनः काममा फर्किएकी हुन् । आज असोज ३१ गते शनिवारदेखि प्रदर्शनमा आएको ‘छ माया छपक्कै २’ मा दीपाश्री कलाकारका साथै निर्मात्रीका रूपमा पनि जोडिएकी छिन् । यो फिल्ममा उनले यसअघि दर्शकले देख्दै आएको भूमिकाभन्दा फरक चरित्र निर्वाह गरेकी छिन् । विवाहपछिको जीवन, पारिवारिक सम्बन्ध, सामाजिक उतारचढाव र राजनीतिक परिवेशलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको यो फिल्मलाई उनी वास्तविक सिक्वेलका रूपमा लिन्छिन् । फिल्म प्रदर्शनको पूर्व सन्ध्यामा कलाकर्मीसँगको कुराकानीमा दीपाश्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचारपछिको काममा पुनरागमन, परिवार तथा चलचित्रकर्मीबाट पाएको साथ र ‘छ माया छपक्कै २’ प्रति आफ्नो अपेक्षाबारे खुलेर कुरा गरेकी छन् । प्रस्तुत छ, कलाकर्मी का लागि कृष्ण भट्टराई ले दीपाश्री निरौलासँग गरेको कुराकानीको सम्पादित अंश ।
‘काम गर्दा दुखाइ पनि महसुस हुँदैन’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)